काठमाण्डौ । कोरोना संक्रमणको मामिला फेरि बढ्न थालेपछि अमेरिकी सेयरबजारसँगै आज एसियाली बजारहरुमा पनि हल्का गिरावट देखिएको छ।
अमेरिकी बजारमा लगानीकर्ताहरुले धामाधम सेयर बेच्न थालेपछि बजार प्रभावित भएको छ। लगानीकर्ताहरुमा कोरोना संक्रमणको मामिला बढ्न थालेपछि सँगै अन्यौलता बढेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
हिजो अमेरिकी बजारमा लगानीकर्ताहरुले उच्च भाउमा सेयर धमाधम बेचेर नाफा बुक गरेका छन्। हिजो नास्डक इन्डेक्स १.२५ प्रतिशतले घटेर बन्यो भयो भने एस एन्ड पी ५०० र डाओ जोन्स पनि गिरावटका साथ बन्द भयो।







