काठमाडौं : अबदेखि ब्रोकर कम्पनीहरुले खुद नाफाको १% सेयर बजारसम्बन्धी सचेतना अभिवृद्धिका लागि अनिवार्यरुपमा खर्च गर्नुपर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले ब्रोकर कम्पनीका साथै केन्द्रीय निक्षेप कम्पनी, क्रेडिट रेटिङ एजेन्सीलाई खुद नाफाको १% रकम सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गर्न निर्देशन दिएको हो ।
यी संस्थाहरुले खुद नाफाको कम्तिमा १% रकम छुट्टाई संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी कार्य अन्तर्गत लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धिमा खर्च गर्नु पर्नेछ । खर्च गर्दा सबै प्रदेशमा आवश्यकता अनुरुप खर्चको वितरण हुनु पर्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।







