सिद्धार्थ बैंकको शेयरमूल्य समायोजन


  • KBL News Ad
  • ADBL
  • City Express
सिद्धार्थ बैंकको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सिद्धार्थ बैंक लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ। नेप्सेले बैंकको १२ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। 

साधारण सभा प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य तोकेको हो। समायोजनपश्चात बैंकको शेयरमूल्य प्रतिकित्ता ४२१ रुपैयाँ तोकिएको छ। नेप्सेले हिजो अर्थात सोमबारको अन्तिम कारोबार मूल्यका आधारमा शेयरमूल्य समायोजन गरेको हो। सोमबार बैंकको शयर प्रतिकित्ता ४७२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

 

Read More
  • EBL Ad news