ग्लोवल आइएमइ बैंकले कञ्चनपुरको कलुवापुर बजारमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ।
यस शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै याे सेवा संख्या २४४ पुगेको छ।
उक्त बैंकिङ सेवाको उद्घाटन कलुवापुर बजार व्यवस्थापन समितिका अध्यक्ष हरी बहादुर गैराल तथा बैंकको सुदुरपश्चिम प्रादेशिक कार्यालय प्रमुख मुकुन्द प्रसाद भट्टले संयुक्तरुपमा गरे।