काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज पुस २७ गते अन्तिम दिन रहेको छ।
बैंकले लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि भोलि पुस २८ गते एक दिनका लागि बुक कलोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज पुस २७ गतेसम्म कायम सेयरधनीहरुमात्र यो बैंकको प्रस्तावित लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
बैंक गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजीको कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १२ प्रतिशत बोनस र ३ प्रतिशत नगद लाभांश रहेका छन्।