नेपाल बङ्गलादेश बैंकको २६औं साधारण सभा सम्पन्न भएको छ। आइतबार बैंकको कमलादी कार्यालयबाट भर्चुअल्ली रुपमा सभा सम्पन्न गरिएको हो।
बैंकको सञ्चालक समितिका अध्यक्ष ए.आर.एम नजमुस शकिबले कार्यक्रमको अध्यक्षता गरेका थिए।
उक्त कार्यव्रmममा सञ्चालकहरू इन्द्र बहादुर थापा, मुकुन्द नाथ ढुंगेल, मोहमद साह आलम सरवर, दीपक कार्की, कमरुन नहर अहमदकाको उपस्थिती थियो।
साथै प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना लगायत बैंकका उच्च पदस्थ अधिकारीहरू, लेखापरीक्षकहरू, कानुनी सल्लाहकार एवम् नियमनकारी निकायका प्रतिनिधीको उपस्थिती थियो। ...







