चन्द्रागिरी हिल्स लिमिटेडको आईपीओमा १२ गुणा बढी आवेदन परेको छ।कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्ध ग्लोवल आईएमई क्यापिटलका अनुसार आइतबार सम्ममा १ करोड ७० लाख २७ हजार ७९० कित्ता शेयर माग भएको हो ।
कम्पनीको शेयरमा ८ लाख ६३ हजार ४४६ बाट आवेदनबाट एक करोड ७० लाख २७ हजार ७९० कित्ता अर्थात १ अर्ब ७० करोड २७ लाख ७९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । यो सर्वसाधारणलाई निष्काशन गरेको १३ लाख ९६ हजार कित्ताको १२.१९ गुणा बढी हो ।
कम्पनीले प्रति कित्ता एक सय अंकित मूल्यको दरले कुल १५ लाख ३४ हजार ९१ कित्ता शेयर निष्काशन ल्याएको हो । त्यसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता शेयर कम्पनीका कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याएको छ । त्यसपछि बाँकी रहने कुल १३ लाख ९६ हजार २२ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।







