चन्द्रागिरी हिल्स लिमिटेडले निष्काशन गरेको आईपिओमा दोस्रो दिनसम्ममा १२ गुणा बढीको आवेदन परेको छ । आइतबार दिउँसो ४:३० बजेसम्ममा कम्पनीको आईपिओमा ८ लाख ६३ हजार ४ सय ४६ जना आवेदकबाट१ करोड ७० लाख २७ हजार ७ सय ९० कित्ताको लागि आवेदन परेको हो । यो माग भन्दा १२.१९ गुणा बढी हो ।
कम्पनीले पुष २४ गतेदेखि सर्वसाधारणको लागि साधारण सेयर आइपीओ बिक्रि खुला गरेको हो । कम्पनीले एक सय रुपैयाँका दरले १५ करोड ३४ लाख ९१ हजार रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ निष्काशन गरेको हो।
यसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता आइपीओ कम्पनीका कर्मचारी, ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता शेयर सामुहिक लगानी कोषका लागि छुट्याइएको छ भने सर्वसाधारणको लागि १३ लाख ९६ हजार २२ कित्ता आइपीओ छुट्याइएको छ। आइपीओमा पुस २८ गतेसम्म आवेदन दिन पाइनेछ। ईच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अघिकतम १३ हजार ९६० कित्तासम्म आवेदन भर्न पाउनेछन्। मेरो शेयर एप, मेरो शेयर तथा सिआश्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आइपीओको लागि आबेदन दिन सकिनेछ।






