सेयर किनेपछि बेच्नैपर्ने हो ?


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सेयर किनेपछि बेच्नैपर्ने हो ?

सेयर बेचेर वा किनेर कमाउने अनि क्षणिक नाफाका लागि बेच्न कि दीर्घकालीन नाफाका लागि पाल्ने व्यक्तिगत क्षमता र प्राथमिकतामा निर्भर गर्छ ।

 

‘सेयरमा नाफा कमाउन समयमा बेच्न जान्नुपर्छ’, ‘बेच्न जान्नेले कमाउँछ’, ‘सस्तोमा किन्ने र महँगोमा बेच्ने’, ‘त्यत्रो भाउ बढ्दा के हेरेर बसेको ?’, ‘कित्तालाई पैसा नबनाएसम्म सेयर कागजको खोस्टा’, ‘नाफा भनेको पोर्टफोलियो हेर्दै घुटुघुटु थुक मात्रै निल्ने कि सुटुसुटु बुक पनि गर्ने ?’ जस्ता मूल्य र कारोबारसम्बन्धी अनेक कुरा सुनिन्छ । सेयर लगानी भने पनि आमधारणा ‘सेयर व्यापार (कारोबार)’ नै देखिन्छ । उसो भए के सेयरको मुनाफा कारोबार वा मूल्यान्तर (किनबेच मूल्यको अन्तर) बाट मात्र हुने हो ?, सेयर नबेची मुनाफा हुन्न त ?, लगानी भन्ने अनि किन्न पाएको छैन बेच्नैपर्ने ?, के लगानीको प्रतिफल कमाइ होइन ? जस्ता सवालको सहज र स्पष्ट जवाफ सम्भव छैन ।
सम्भवतः बजार र पैसा हावी भएर सेयर कित्ता र लगानी भन्दा कारोबार र सट्टेबाजी प्राथमिकतामा परेको हुन सक्छ । यस्तै बुझाइले आजकाल कम्पनीले सर्वसाधारणबाट लगानीका लागि अङ्कित मूल्यमा निष्कासित सेयरसमेत सूचीकृत हुनेबित्तिकै बेच्न हतार हुन्छ । कम्पनीको व्यवसाय, भविष्य र मुनाफाभन्दा कति मूल्यमा बेच्ने भन्ने सवालले प्राथमिकता पाउँछ । सेयर नबेची नाफा हुन्न भन्ने सोचले क्षणिक नाफा कमाइए पनि दीर्घकालीन चक्रवृद्धि लाभ (क्युमुलेटिभ कम्पाउन्डिङ प्रफिट) गुमाइरहँदा बजार स्थिरताका लागि आवश्यक लगानीकर्ताहरू तयार हुन सकेको छैनन् ।

सेयर किनबेच
सेयर बजार अनि क्रेता र विक्रेता भएपछि सेयरको किनबेच स्वाभाविक हुन्छ । किनबेच नहुने भए बजारको आवश्यकतै हुँदैनथ्यो । राज्यले लगानी, व्यवस्थापन र नियमनमा बजार सञ्चालन पनि गर्दैनथ्यो होला । प्राथमिक बजारमा किनेको सेयर सम्पत्तिमा तरलता (नगदमा परिणत) प्रदान गर्न अनि किन्न नपाएका वा त्यहाँ पहुँच र इच्छा नहुनेहरूलाई लगानीको अवसर दिन पनि सेयर बजार (दोस्रो बजार) आवश्यक हुन्छ नै । अझ कुनै समय किनिएको सेयरमा निहित जोखिम व्यवस्थापन गर्न वा बेचेर बाहिरिने सुविधाका लागि पनि बजार चाहिन्छ । बजारमा तोकिएको प्रावधानभित्र रहेर इच्छुकले मूल्यान्तरको खेल खेल्न वा किनबेच गर्न पाउँछन् । कहिले, कतिमा, कुन सेयर किन ‘किन्ने’ वा ‘बेच्ने’ नितान्त व्यक्तिगत कुरा हो । बजार खुल्यो भन्दैमा सबैले किनबेच गर्नैपर्छ भन्ने हुँदैन ।
सबैलाई लगानीकर्ता भने पनि सेयर किनबेच नै पेसा–व्यवसाय बनाएका व्यापारी (कारोबारी) र दीर्घकालीन लगानीकर्ताको किनबेच उद्देश्य र तरिका फरक हुन्छ । लगानीकर्ता सम्पत्ति जोड्न, सम्बन्धित कम्पनीमा स्वामित्व, प्रतिफल, दीर्घकालीन लाभ र लागत व्यवस्थापन अर्थात् ‘किनेर कमाउन’ सेयर किन्छ । कारोबारी ‘बेचेर कमाउन’ सेयर किनिरहन्छ । यस्तै, लगानीकर्ता लगानी व्यवस्थापन, वित्तीय वा व्यावहारिक कारण सेयर बेच्दा कारोबारीले मुनाफाका लागि सेयर बेचिरहेको हुन्छ । सेयर किनबेचमा पार्किङ वा भण्डारणको काम लगानीकर्ता र ओसारपसार कारोबारीले गरिरहेका हुन्छन् । बजारले पैसाको लोभ र त्रासमा बेच्न र आश देखाएर किन्न उक्साइरहन्छ ।

किनबेच (कारोबार) को लाभ र लागत...

Read More
  • MBL - below news