ऋणपत्र निष्कासन गर्न राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकले सेबोनमा दिए निवेदन


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
ऋणपत्र निष्कासन गर्न राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकले सेबोनमा दिए निवेदन

पुस २६, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकले ऋणपत्र निष्कासन गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएका छन् । 

नेपाल बैंंकले पुस १९ गते र राष्ट्रिय वाणिज्य बैंकले पुस १२ गते ऋणपत्र निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएका हुन् । राष्ट्रिय वाणिज्य बैंकले ८ दशमलव ५ प्रतिशत ब्याजदरमा २०८३ सम्मका लागि ऋणपत्र निष्कासन गर्नका लागि निवेदन दिएको हो । बैंकले २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि निवेदन दिएको छ । 

जसमध्ये १० लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने १५ लाख कित्ता व्याक्तिगत तबरबाट विक्री गर्नेछ । कम्पनीको विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 

त्यसैगरी, नेपाल बैंकले ८ दशमलव ५ प्रतिशत ब्याजदरमा २०८७ सम्मका लागि ३५ लाख कित्ता ऋणपत्र निष्कासन गर्नको लागि सेबोनमा निवेदन दिएको हो । 

Read More
  • MBL - below news