दैनिक १५ हजारभन्दा बढी खुल्न थाल्यो डिम्याट खाता, हालसम्मको संख्या २४ लाखभन्दा बढी


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
दैनिक १५ हजारभन्दा बढी खुल्न थाल्यो डिम्याट खाता, हालसम्मको संख्या २४ लाखभन्दा बढी

 धितोपत्र दोस्रो बजारले गति लिन थालेसँगै प्राथमिक बजारमा पनि यसको सकारात्मक प्रभाव परेको छ ।

पछिल्लो समय प्राथमिक बजारमा निष्कासनमा आएका शेयरमा करीब ११ लाख लगानीकर्ताहरुले आवेदन दिएको तथ्यांक छ । धितोपत्र कारोबारमा डिम्याट खाता अनिवार्य भएसँगै हाल यो खाताको संख्या २४ लाख नाघेको छ ।

पुस २६ गतेसम्म सिडिएस एण्ड क्लियरिङ लिमिटेडले उपलब्ध गराएको तथ्यांक अनुसार २४ लाख २८ हजार ३३४ हितग्राही खाता खुलेका छन् । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका प्रबक्ता सुरेश न्यौपानेले पछिल्लो समय दैनिक १५ हजारभन्दा बढी डिम्याट खाता खुल्ने गरेको जानकारी दिए । 

यतिवेला भने प्राथमिक बजारमा सबै आवेदकको भाग पुग्ने पक्का रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आईपीओलाई लक्षित गर्दै डिम्याट खाता खुलेको देखिन्छ । उक्त कम्पनीले माघ २ गतेदेखि हालसम्मकै सर्वाधिक रू. ८ अर्ब बराबरको ८ करोड कित्ता आईपीओ विक्री खुला गर्ने भएको हो । 

सार्वजनिक निष्कासनमा बाँडफाँटको पछिल्लो व्यवस्थाले पनि डिम्याट खाताको संख्या बढेको देखिन्छ । हाल सबै आवेदकलाई न्यूनतम १० कित्ता बाँडफाँटको व्यवस्थाले एकै व्यक्तिले बढी रकमको आवेदन दिनुभन्दा धेरै जनाले आवेदन दिदाँ शेयर पर्ने भएकाले डिम्याटको संख्या बढ्न पुगेको हो ।

पूर्णप्रविधिमैत्री बनेको धितोपत्र प्राथमिक तथा दोस्रो बजारमा लगानी गर्न सहज वातावरण बनेकाले पनि पछिल्लो समय लगानीकर्ताको प्रवेश बढ्दो क्रममा रहेको छ ।  ...

Read More
  • MBL - below news