वासिङटन : संयुक्त राज्य अमेरिकामा कोभिड १९ बाट ज्यान गुमाउनेहरुको संख्यामा रेकर्ड देखिएको छ । यहाँ गत बिहीबार एकै दिन कोरोनाबाट ४ हजार जनाभन्दा बढीको ज्यान गएको छ । सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन, सीडीसीले दिएको जानकारी अनुसार गत बिहीबार मात्र कम्तीमा पनि ४ हजार १८० जनाको यो कोरोनाबाट निधन भएको छ । एकैदिन २ लाख ७९ हजार ४०१ जना नयाँ संक्रमित भेटिएका छन् ।







