सेयर बजारबाट यी कम्पनीका लगानीकर्ताहरु भए सन् २०२० मा मालामाल !


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सेयर बजारबाट यी कम्पनीका लगानीकर्ताहरु भए सन् २०२० मा मालामाल !

बर्ष सन् २०२० बिश्वका लागि नै अविस्मरणीय रह्यो । कोभिड १९ ले यो बर्ष बिश्वलाईआक्रान्त बनायो ।  विश्वका अधिकांश देशहरुको अर्थतन्त्र कोभिडका कारण ठप्प भयो । 
कोरोनाका कारण विश्वका अधिकांस देशहरुले लकडाउन गरे । त्यसले आर्थिक गतिबिधी ठप्प हुन पुग्याे । नेपालमा पनि कोभिडका कारण सरकारले २०७६ साल चैत्त ११ गतेबाट देशव्यापी लकडाउनको घोषणा गर्यो । जसका कारण सम्पूण आर्थिक गतिबिधीहरु ठप्प रहे ।
चैत्त ११ गतेबाट सुरु भएको बन्दाबन्दी असार १ गतेसम्म निरंतर रह्यो । असार १ गतेबाट सरकारले आर्थिक गतिबिधीहरुलाइ केहि खुकुलै बनाउदै ल्याएको हो । कोरोनाको कारण नेपालको अन्य आर्थिक गतिबिधीहरु ठप्प हुँदा सेयर बजार पनि बन्द रह्यो । सन् २०२० सुरुवाती २ महिना सेयर बजारमा कारोबार भए ता पनि २०२० को करिब ३ महिना बजार पूर्ण रुपमा बन्द रह्यो ।
सन् २०२० मा करिब ९ महिना मात्र सेयर कारोबार भएकोमा सेयर बजारले अहिले नयाँ मुकाम हासिल गरेको छ । सन् २०२० मा कतिपय कम्पनीका लगानीकर्ताहरुले लोभलाग्दो मुनाफा हासिल गरेका छन् । 

Read More
  • MBL - below news