भारतमा नयाँ स्टक एक्सचेन्जलाई लाईसेन्स दिने तयारी, विदेशी लगानीलाई पनि बाटो खुला


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
भारतमा नयाँ स्टक एक्सचेन्जलाई लाईसेन्स दिने तयारी, विदेशी लगानीलाई पनि बाटो खुला

भारतीय शेयरबजारको नियामकीय निकाय सेक्युरिटिज एण्ड एक्सचेन्ज बोर्ड (सेबी)ले नयाँ स्टक एक्सचेन्ज संचालनको लागि स्वामित्व सम्बन्धि नियमलाई खुकुलो बनाउने भएको छ । सेबीले भारतीय बजारमा विदेशी स्वामित्वको नयाँ स्टक एक्सचेन्ज खोल्न सकिने गरि कानुनी ब्यबस्था गर्न लागेको हो ।

हाल भारतमा नेशनल स्टक एक्सचेन्ज (एनएसई), बम्बई स्टक एक्सचेन्ज (बीएसई) र मेट्रोपोलिटन स्टक एक्सचेन्ज संचालनमा छन् । यी मध्ये कारोबार रकमको आधारमा एनएसई सबै भन्दा ठुलो हो । बिएसई सबै भन्दा पुरानो एक्सचेन्ज भएपनि लगभग सबै कम्पनीको शेयर एनएसई मै कारोबार हुन्छ ।

 सेबीले लगानीकर्ताको लागत कम गर्न तथा बजारमा अत्याधुनिक प्रविधि भित्र्याउन नयाँ स्टक एक्सचेन्जलाई अनुमति दिने तयारी गरेको जनाएको छ।सेबीले गरेको प्रस्ताव पारित भए भारतमा विदेशी स्वामित्वको नयाँ स्टक एक्सचेन्ज खुल्न सक्ने छन्  । तर विदेशी स्टक प्रवेश गर्न जोइन्ट भेन्चर मार्फत वा अहिले रहेका एक्सचेन्जसँग मर्ज हुनु पर्ने शर्त सेबीले राखेको छ ।

Read More
  • MBL - below news