अब कारोबारको राफसाफ दुई दिनभित्रै


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
 अब कारोबारको राफसाफ दुई दिनभित्रै

काठमाडौँ, पुस २६ गते । नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारमा भएको कारोबारको राफसाफ तथा फस्र्योट चक्र ‘टी प्लस टु’ अर्थात् कारोबार भएको दुई दिनभित्रै सम्पन्न गर्न स्वीकृति प्रदान
गरेको छ ।
धितोपत्र बजारमा भइरहेको प्रविधिको बढ्दो प्रयोग तथा अन्तर्राष्ट्रिय अभ्यासलाई दृष्टिगत गरी धितोपत्र कारोबार राफसाफ तथा फस्र्योट प्रणाली ‘टी प्लस टुु’मा गर्ने बोर्डको आव २०७७÷७८ को नीति तथा कार्यक्रममा रहेको बोर्डले जनाएको छ ।
सो प्रणाली कार्यान्वयनमा ल्याउन सीडीएस एन्ड क्लियरिङ लिमिटेडले आफ्नो विनियममा भएको हालको ‘टी प्लस थ्रि’लाई ‘टी प्लस टुु’मा ल्याउने गरी संशोधन स्वीकृतिका लागि बोर्डमा पेस गरेको थियो ।
बोर्डले धितोपत्र कारोबारको राफसाफ तथा फस्र्योट चक्र टी प्लस टुु गर्ने गरी धितोपत्र कारोबार राफसाफ तथा फस्र्योट विनियमावली, २०६९ मा सो प्रयोजनका लागि विनियममा संशोधन स्वीकृति गरेको हो ।
नयाँ व्यवस्था सीडीएस एन्ड क्लियरिङले सार्वजनिक सूचनामार्फत कार्यान्वयनमा ल्याउने व्यवस्था गरिएको बोर्डले जनाएको छ । धितोपत्र कारोबारको राफसाफ तथा फस्र्योट चक्र छोटिइ टी प्लस टुु कायम भएसँगै धितोपत्रको तरलतामा वृद्धि भई बजार थप गतिशील हुने तथा लगानीकर्तालाई थप लगानीको अवसर प्राप्त हुने बोर्डको अपेक्षा छ ।

Read More
  • MBL - below news