काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमीटेडले पुस २५ गतेका दिन पोखरामा चौधौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
उक्त साधारण सभाले आ.व. २०७६/०७७ को वार्षिक प्रतिवेदन, आ.व. २०७७/०७८ का लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरुसहित आ.व. ०७६/०७७ को मुनाफाबाट सेयरधनीहरुलाई (४.२५७४ प्रतिशत नगद लाभांश र ११.२५ बोनस सेयर सहित) १५.५०७४ प्रतिशत लाभांश वितरण गर्ने सामान्य तथा विशेष प्रस्तावहरु सर्वसम्मत पारित गरेको छ ।
बैंकका सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्य गजेन्द्रमान श्रेष्ठले स्वागत मन्तब्य राखेका थिए ।









