शेयर बजारको आकार साढे २९ खर्ब


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
शेयर बजारको आकार साढे २९ खर्ब

काठमाडौं । धितोपत्र दोस्रो बजारको आकार २९ खर्ब ५५ अर्ब ८६ करोड पुगेको छ । पछिल्लो समय धितोपत्र दोस्रो बजारका महत्वपूर्ण सबै सूचकहरू बढेसँगै बजार पुँजीकरणको आकार पनि बढेको छ । शेयर बजारका महत्वपूर्ण सूचकहरू तुलनात्मक रुपमा सकारात्मक देखिएका छन् । गत साता नेप्सmे परिसूचक २ हजार १९४ दशमलव ४८ विन्दुमा पुगेको छ । अघिल्लो साता शेयर परिसूचक २ हजार ८७ दशमलव २७ विन्दुमा बन्द भएको थियो । 

कारोबारमा नेप्से परिसूचक १०७ दशमलव २१ विन्दु माथि उक्लिएको हो । ठूला कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि गत साताभन्दा यो साता २२ दशमलव २२ अंक माथि उक्लिएको छ । गत साताको अन्तिम दिन ३९८ दशमलव ७० विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ४२१ दशमलव २२ विन्दुमा पुगेको हो । यो साता साना सँगै ठूला कम्पनीहरुले पनि तुलनात्मक रुपमा नाफा कमाएका छन् । 

पाँच कारोबार दिनमा दोस्रो र तेस्रो दिन बजार घटेको थियो भने बाँकी दिन बढेको थियो । साताको पहिलो दिन ८८ दशमलव १२ अंकले बढेको बजार दोस्रो दिन ६ दशमलव ३६ अंक र तेस्रो दिन ३ दशमलव ५४ अंकले घटेको हो । 

Read More
  • MBL - below news