दुई दिनमै सेयर राफसाफ


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
दुई दिनमै सेयर राफसाफ

काठमाडौँ — अब सेयर किनबेच भएको दुई दिन (टी प्लस टु) भित्रै राफसाफ तथा फर्छ्योट हुने भएको छ । नियामक निकाय धितोपत्र बोर्डले शुक्रबार यस्तो व्यवस्था लागू गर्न निर्देशन दिएको हो । धितोपत्र कारोबार राफसाफ तथा फर्छ्योट विनियमावली, २०६९ संशोधनमार्फत यस्तो व्यवस्था गरिएको हो ।

यो व्यवस्था कार्यान्वयनका लागि सीडीएस एन्ड क्लियरिङले सूचना जारी गर्ने बोर्डले जनाएको छ । त्यसपछि मात्र नयाँ व्यवस्था कार्यान्वयनमा आउनेछ । हाल कारोबार भएको तीन दिन (टी प्लस थ्री) भित्र राफसाफ तथा फर्छ्योट गर्नुपर्ने व्यवस्था छ । धितोपत्र बजारमा भइरहेको प्रविधिको बढ्दो प्रयोग तथा अन्तर्राष्ट्रिय अभ्यासलाई दृष्टिगत गरी धितोपत्र कारोबार राफसाफ तथा फर्छ्योट प्रणाली ‘टी प्लस टु’ मा गर्ने व्यवस्था गरिएको बोर्डले दाबी गरेको छ ।

Read More
  • MBL - below news