नागरिक स्टक डिलर स्वीकृतिको अन्तिम चरणमा, आइतबार बोर्डले अनुगमन गर्दै


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नागरिक स्टक डिलर स्वीकृतिको अन्तिम चरणमा, आइतबार बोर्डले अनुगमन गर्दै

काठमाडौं : नागरिक स्टक डिलरलाई सञ्चालन स्वीकृति दिने अन्तिम तयारी भइरहेको छ । कम्पनीले तोकिएका मापदण्ड अनुसारको पूर्वाधार तयारी गरेर धितोपत्र बोर्डमा जानकारी गराइसकेको छ । अब बोर्डले पूर्वाधार अवलोकन गर्ने निर्णय गरेको छ । नागरिक स्टक डिलरलाई अनुमति दिन पूर्वाधार अवलोकन गर्ने निर्णय भएको नेपाल धितोपत्र बोर्ड स्रोतले बताएको छ । धितोपत्र बोर्डका अध्यक्षले पूर्वाधार अवलोकनका लागि स्वीकृत गरिसकेका छन् । यसैअुनसार बोर्डको टोली  आइतबार पूर्वाधार अवलोकनमा जाने स्रोतको भनाई छ ।

यता, नागरिक स्टक डिलरका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठले आफूहले सञ्चालनका लागि आवश्यक सम्पूर्ण पूर्वाधारको तयारी सम्पन्न गरिसकेको नेपाली पैसालाई बताएका छन् । उनले भने, ‘धितोपत्र बोर्डको अवलोकन टोलीले स्वीकृत दिएमा अब हामीहरु स्टक डिरलको काम गर्ने सुरु गर्न सक्ने अवस्थामा आइपुगेका छौं ।’ अहिले नागरिक स्टक डिलरले ‘मक ट्रेडिङ’ पनि गरिरहेको सीइओ श्रेष्ठले जानकारी दिए ।

यदि, अवलोकन टोलीले सबै ठीक भएको सिफारिस गरेमा आगामी सातासम्ममा नागरिक स्टक डिलरलाई बोर्डबाट अन्तिम स्वीकृति प्रदान हुन सक्ने सम्भावना रहेको धितोपत्र बोर्ड स्रोतले बतायो । नागरिक लगानी कोषले आफ्नो काम, कर्तव्य र अधिकार अनुसार पुँजी बजार विकासका लागि छुट्टै स्टक डिलर कम्पनी स्थापना गरेर पुँजी बजारमा सशक्त हिसाबले प्रवेश गर्न लागेको हो ।
...

Read More
  • MBL - below news