सनराइज बैंकको साधारण सभा सम्पन्न, ८.२८ लाभांश वितरण गर्ने प्रस्ताव पारित


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सनराइज बैंकको साधारण सभा सम्पन्न, ८.२८ लाभांश वितरण गर्ने प्रस्ताव पारित

पुस २४, काठमाडौं । सनराइज बैंकको साधारण सभा शुक्रवार सम्पन्न भएको छ । सभा अम्रपाली ब्यांक्वेटमा सम्पन्न भएको हो । सभाले ५ दशमलव ८ प्रतिशत बोनस शेयर र २ दशमलव ४८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

हाल बैंकको चुक्तापूँजी रू. ८ अर्ब ९६ करोड ७८ लाखबाट वृद्धि गरी रू. ९ अर्ब ४८ करोड ७९ लाख कायम भएको बैंकले जानकारी गराएको छ । बैंकले हाल १३९ ओटा शाखा कार्यालय, ५८ ओटा शाखारहित बैंकिङ सेवा, ११ ओटा एक्सटेन्सन काउण्टर, १६१ ओटा एटिएममार्फत ७ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । 

Read More
  • MBL - below news