काठमाडौं : नेपाल धितोपत्र बोर्डले सेयर कारोबारको राफसाफ तथा फछर्यौट चक्र ‘टी प्लस टु’ मा घटाउन स्वीकृति दिएको छ । अब सेयर खरिदबिक्री गरेपछिको अर्को २ दिनभित्र अर्थात ‘टी प्लस टु मा राफसाफ सक्नुपर्नेछ ।
सीडीएस एन्ड क्लियरिङ लिमिटेडले हालको ‘टी प्लस थ्री’ लाई घटाएर ‘टी प्लस टु’ मा झार्न धितोपत्र कारोवार राफसाफ तथा फछ्र्यौट विनियमावली–२०६९ संशोधनका लागि बोर्डसँग अनुमति मागेको थियो । बोर्डले शुक्रबार सीडीएसलाई विनियमावली संशोधन गर्न स्वीकृति दिएको हो ।







