काठमाण्डौ । आज(शुक्रबार) चन्द्रागिरी हिल्स लिमिटेडको आइपीओ खुल्यो र अर्को साताको शुक्रबार नै नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेडको आइपीओ खुल्दैछ । यी दुई कम्पनीका आइपीओ निष्कासन गर्ने दिन भने एउटै परेको छ । चन्द्रागिरी र नेपाल इन्फ्रास्टक्चरको आइपीओ निश्कासनको बार एउटै पर्नु संयोग मात्र हो त ? यो संयोग होइन, अबदेखि प्राथमिक सेयर निश्कासनको सुरुवात भरसक शुक्रबारदेखि नै गर्ने व्यवस्था कार्यान्वयनमा ल्याउनका लागि यस्तो भइरहेको हो ।
कुनै पनि कम्पनीको आइपीओ खुल्दा पहिलो दिन अत्यधिक भार 'मेरो सेयर'मा पर्ने भएकाले समेत अबदेखि बजार नखुल्ने दिन पारी शुक्रबार नै आइपीओ निष्कासनको व्यवस्था गर्न लागिएको हो ।







