धितोपत्र कारोबारको राफसाफका लागि टि प्लस २ प्रणाली कायम


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
धितोपत्र कारोबारको राफसाफका लागि टि प्लस २ प्रणाली कायम

पाल धितोपत्र बोर्डले धितोपत्र कारोबारको राफसाफ र फछ्र्योटमा टि प्लस २ प्रणाली लागुगर्ने भएको छ । 
आज शुक्रबार एक बिज्ञप्ती जारी गर्दै बोर्डले यस्तो जानकारी गराएको हो । हाल सम्म टि प्लस ३ प्रणाली लागु थियो । हाल सम्म कारोबार भएको  ३ दिन सम्ममा कारोबार रकम राफसाप र फछ्र्योट गरिदै आएकोमा अब कारोबार भएको दिन पछि २ दिन भित्रमा कारोबारको राफसाफ र फछ्र्योट गर्नुपर्ने बोर्डले जनाएको छ । 
धितोपत्र कारोबारको राफसाफ तथा फछ्र्योट चक्र छोटिई टि प्लस २ कायम भएसंगै धितोपत्रको तरलतामा बृद्धि भई थप गतिशिल हुने तथा लगानीकर्ताहरुलाई  थप लगानीको अवसर प्राप्त हुने अपेक्षा बोर्डको रहेको बिज्ञप्तीमा जनाइएको छ ।  

Read More
  • MBL - below news