नेपाल फाइनान्सको ५ लाख १५ हजार कित्ता सेयर लिलामीमा आवेदन दिने आज अन्तिम दिन, यी ठाउँबाट भर्न सकिने !


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल फाइनान्सको ५ लाख १५ हजार कित्ता सेयर लिलामीमा आवेदन दिने आज अन्तिम दिन, यी ठाउँबाट भर्न सकिने !

काठमाडौ । नेपाल फाइनान्सको ५ लाख १५ हजार २४८.२५ कित्ता सेयर लिलामीमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले पुस १७ गतेबाट संस्थापक समूहको २ लाख ५५ हजार ७८.७५ कित्ता र सर्वसाधारण समूहको २ लाख ६० हजार १६९.५० कित्ता सेयर लिलामीमा ल्याएको थियो ।  

लगानीकर्ताले कम्पनीको सेयरमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ । लिलामी भर्ने अन्तिम म्याद पुस २४ गतेसम्म तोकिएको छ । यसअघि कम्पनीले मंसिर ४ गतेबाट २४ गतेसम्म १६ लाख ९७ हजार ५०६.२५ कित्ता (१२५%) हकप्रद सेयर बिक्री खुला गरेको थियो । त्यस समयभित्र आवश्यकता अनुसार हकप्रद सेयर नबिकेपछि कम्पनीले बाँकी रहेको सेयर यतिबेला लिलामीमा ल्याएको हो । 

Read More
  • MBL - below news