लाभांशमा नबिल बैंक अब्बल, कुन बैंकको लाभांश कति ?


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
लाभांशमा नबिल बैंक अब्बल, कुन बैंकको लाभांश कति ?

आर्थिक बर्ष २०७६/०७७ को मुनाफाबाट अधिकांश बाणिज्य बैकहरुले सेयरधनीहरुलाई वितरण गर्ने मुनाफा घोषणा गरिसकेका छन् । सिभिल बैंकबाहेक अन्य बैंकहरुले लाभांश प्रस्ताव गरिसकेका छन् ।

कतिपय बैंकहरुले साधारणसभाबाटै लाभांश पारित गरिसकेका छन् । कतिपय साधारणसभाको तयारीमा छन् । गतबर्षको मुनाफाबाट लाफ्ना लगानीककर्ताहरुलाई सबैभन्दा बढी लाभांश प्रस्ताव गर्ने बैंक नबिल बैंक रहेको छ भने सबै भन्दा कममा एभरेष्ट बैंक रहेको छ । समग्र बैकिङ क्षेत्रले वितरण र प्रस्ताव गरेको बोनश सेयरको अनुपात ११.३५ प्रतिशत हुँदा नगद लाभांशको अनुपात भने २.९५ प्रतिशत रहेको छ ।

हालसम्म २५ वटा बैंकहरुले लाभांश प्रस्ताव गरेकोमा ११ वटा बैंकले समग्र बैंकिङ क्षेत्रको अनुपातभन्दा बढी बोनश प्रस्ताव गरेका छन् ।बाँकी १४ बैंकहरुले अनुपातभन्दा कम बोनश प्रस्ताव गरेका हुन् ।

Read More
  • MBL - below news