अहिले बिभिन्न कम्पनीहरुले आफ्ना सेयरधनीलाइ धमाधम लाभांश घोषणा गरिरहेका छन् । कम्पनीहरुले लाभांश घोषणा गरिरहेको बेला आम अगानीकर्ताको चासो भने आफूले लाभांश बापत पाएको नगद र बोनस सेयर कहिले आफ्नो खातामा आउला भन्ने रहेकाे छ ।
हामीले आम लगानिकर्ताको चासोको बिषयलाई सेयर बजारलाई नियमन र नियन्त्रण गर्ने निकाय नेपाल धितोपत्र बोर्ड समक्ष राखेका छौ । नेपाल धितोपत्र बोर्डका सहप्रवत्ता रुपेश केसीका अनुसार सबै कम्पनीहरुले सबैभन्दा पहिले आफ्नो संस्थाको सञ्चालक समितीको बैठकबाट लाभांश प्रस्ताव गर्दछन् । त्यसपछि लाभांश प्रस्ताव प्रत्यक्ष नियमनकारी संस्थालाई जानकारी गराई त्यहाँबाट स्वीकृती प्राप्त गरेपछि कम्पनीले बार्षिक साधारणसभाबाट अनुमोदन गराउँछन् ।
कम्पनीको स्विकृत पूँजी बोनश सेयर थप गर्दा पुग्ने अवस्थामा भएका कम्पनीहरुको बोनश सेयर लगानीकर्ताहरुले छिट्टै पाउन सक्छन् भने स्विकृत पूँजी बढाउन पर्ने अवस्थाका कम्पनीहरुको बोनश सेयर आउन भने केही समय बढी लाग्दछ ।







