काठमाडौं : एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको ४ वटा कम्पनीको ६ लाख २७ हजार २०० कित्ता संस्थापक सेयरमा लिलामी आवेदन दिने आज शुक्रबार (पुस २४ गते) अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यो लिलामीमा आवेदन दिन सकिनेछ । बैंकले पुस १९ गतेबाट नागरिक लगानी कोषको २ लाख २ हजार ५६०, सूर्या लाइफ इन्सुरेन्सको १ लाख ९० हजार ३७४, एसियन लाइफ इन्सुेन्सको १ लाख ३० हजार २९० कित्ता र नेसनल लाइफ इन्सुरेन्सको १ लाख ३ हजार ९७६ कित्ता सेयर लिलामीमा ल्याएको हो ।
लगानीकर्ताले नागरिक लगानी कोषको सेयरमा न्यूनतम १७ सय १५, सूर्या लाइफ इन्सुरेन्सको सेयरमा न्यूनतम ३३७, एसियनको सेयरमा न्यूनतम ४६९ रुपैयाँ र नेसनल लाइफ इन्सुरेन्समा न्यूनतम ५५० भाउ राखेर आवेदन दिन सक्नेछन् ।