लाभांश र बोनस वितरण गर्दै निगम


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
लाभांश र बोनस वितरण गर्दै निगम

काठमाडौँ, पुस २४ गते । नेपाल आयल निगमले सेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । आगामी सोमबार हुने साधारण सभामा सेयर पुँजी ११ अर्ब रुपियाँको २० प्रतिशत रकम सेयर धनीहरूलाई वितरण गर्ने भएको हो । जसअनुसार आठ सेयरधनीलाई दुई अर्ब २० करोड रुपियाँ वितरण गरिने तयारी छ ।


उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, नेसनल ट्रेडिङ लिमिटेड, राष्ट्रिय बीमा कम्पनी, नेपाल बैङ्क र राष्ट्रिय वाणिज्य बैङ्क निगमका सेयरधनी रहेका छन् । जसमा नेपाल सरकारको ९९ प्रतिशत सेयर रहेको छ ।
२२ अर्ब रुपियाँ सञ्चित नाफा रहेको निगमले पाँच वर्षदेखि निरन्तर नाफा बढाएको छ । आर्थिक वर्ष २०७४/७५ मा तीन अर्ब ५८ करोड रुपियाँ नाफा गरेको निगमले २०७५/७६ मा आठ अर्ब ७५ करोड नाफा गरेको थियो । २०७६/७७ मा भने निगमले १२ अर्ब ८७ करोड रुपियाँ नाफा गरेको छ ।

Read More
  • MBL - below news