बुक विल्डिङमा आवेदन दिन ४६ संस्थागत लगानीकर्ता योग्य


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
बुक विल्डिङमा आवेदन दिन ४६ संस्थागत लगानीकर्ता योग्य

बुक विल्डिङमा आवेदन दिन ४६ संस्थागत लगानीकर्ता योग्य देखिएका छन्। बुक विल्डिङ प्रकृयामा सहभागी हुनको लागि ६२ कम्पनीले आवेदन दिएकोमा ४६ वटा संस्थागत लगानीकर्तालाई स्वीकृत गरिएको छ। 

निवेदन दिएको संस्थाहरुको वित्तीय र व्यवस्थापकीय पक्षको अध्ययन गरी ४६ वटा कम्पनीलाई योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न स्वीकृति दिएको धिताेपत्र बोर्डले जनाएको छ।

योग्य संस्थागत लगानीकर्ताले निष्काशनकर्ता कम्पनीको प्राविधिक, वित्तीय व्यवस्थापन,भावी योजना र रणनीति लगायतको विवरणको अध्ययन गरी सू सुचित तवरले धितोपत्रको आशयको मूल्य पेश गरी प्रारम्भिक सार्वजानिक मूल्य निर्धारणमा दक्ष तथा व्यवसायिक सहभागितामार्फत धितोपत्रको उचित मूल्य निर्धारणमा सहयोग पुग्नुका साथै वास्तविक क्षेत्रका संगठित संस्थाको थप प्रवेश हुने बोर्डको अपेक्षा छ।

Read More
  • MBL - below news