एनसीएचएलको मिलेमतोमा सेयर लगानीकर्ताबाट गुपचुप चार्ज असूलिँदै


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एनसीएचएलको मिलेमतोमा सेयर लगानीकर्ताबाट गुपचुप चार्ज असूलिँदै

काठमाण्डौ । ब्रोकर कमिसन कटौतिको झिनो राहत पाएका लगानीकर्तामाथि अब अन्य व्ययभार बढ्ने भएको छ ।

अब ब्रोकरहरुबाट बनाइने टीएमएस(ट्रेडिङ म्यानेजमेन्ट शुल्क) को लागत बढेसँगै लगानीकर्ताबाट वार्षिक सदस्यता शुल्क र ट्रान्जेक्सन फी भनी थप शुल्क असूल गर्ने तयारी भइरहेको छ ।

यो शुल्क त तिर्नुपर्ने नै हुन्छ तर, यतिबेला लगानीकर्ताहरुले एनसीएचएलबाट रकम हस्तान्तरण गर्दा समेत दुवै तर्फको व्ययभार तथा लागत बेहोर्नु परिरहेको छ । सेयर खरिदबिक्रीपछि चेकबाट भुक्तानी गर्दा (इलेक्ट्रोनिक चेक क्लियरिङ)मा रु.१०० सम्म दुवै तर्फ बेहोर्ने व्यवस्था कायम थियो तर पछिल्लो समयमा कोभिड १९ को असरले गर्दा अधिकांश रकम हस्तान्तरणमा एनसीएचएलको कनेक्ट आइपीएस र आइपीएसमार्फत लाग्ने शुल्कको भार भने लगानीकर्ताहरुलाई मात्रै बोकाइएको छ । 

Read More
  • MBL - below news