काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको अन्तिम दिन आज (बिहिबार) दोहोरो अंकले बढेको छ । बुधबार पनि नेप्से दोहोरो अंकले बढेको थियो ।
आज नेप्से १५.९१ अंकले बढेर दुई हजार एक सय ९४ दशमलब ४८ विन्दुमा पुगेको छ भने आज ५ अर्ब ८७ करोड ४७ लाख ८ हजार २७९ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ११ वटा उपसमूहहरुको सेयर बढेको छ, भने बाँकी एउटा उपसमुहको शेयर घटेको छ ।







