सानिमा बैंकले शुरु गर्यो ५ % को व्यवसायिक निरन्तरता कर्जा,अरू बैंक पनि शुरु गर्ने तयारीमा


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
सानिमा बैंकले शुरु गर्यो ५ % को व्यवसायिक निरन्तरता कर्जा,अरू बैंक पनि शुरु गर्ने तयारीमा

कोभिडले प्रभावित भएका उद्यम व्यवसायलाई बैंकहरूले व्यावसायिक निरन्तरता कर्जा प्रवाह शुरु गरेका छन्।सानिमा बैंकले कोभिडले असर पुर्‍याएको एक होटललाई दुई करोड ऋण दिँदै उक्त कर्जाको शुरुवात गरेको छ।

"हामीले व्यावसायिक निरन्तरता कर्जा दिन शुरु गरेका छौ । पहिलो पटक एक होटललाई दुई करोड दिँदै उक्त कर्जाको शुरुवात गरिएको हो" सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले मेरो लगानीसँग भने।

बैकले अन्य फाइलहरूको पनि अध्ययन गरिरहेको छ। ती मापदण्ड अनुरूप उपरयुक्त ठहरिए उनीहरूले पनि कर्जा पाउने दाहालले बताए।व्यवसायीहरूले काम गर्ने स्थिति भए मात्रै बैंकहरुलाई पनि फाइदा हुने भन्दै उक्त कर्जाको सुरुवात गरिएको दाहालको भनाई छ।

सानिमा बैंकले उक्त कर्जाको शुरुवात नै गरिसकेको भएपनि अन्य बैंकहरूले भने अहिले नै शुरु गरिसकेको अवस्था छैन। तर उनीहरू पनि चाँडै उक्त कर्जा दिने तयारीमा पुग्ने बैंकर एसोसिएसनको भनाइ छ।"सानिमा बैंकले कर्जा दिन थालेको जानकारीमा आएको छ। तर अन्य बैंकको हकमा भने जानकारी आइसकेको छैन। तयारी भने अन्तिम चरणमा पुर्‍याएको जानकारी एशाेसिएसनलाई छ। सकभर सबैले यो कर्जाको शुरुवात गर्ने छन् "बैंकर एशाेसिएसनका प्रमुख कार्यकारी अधिकृत अनिल अधिकारीले मेरो लगानीसँग भने।

 

Read More
  • MBL - below news
  • EBL Ad news