सहुलियतपूर्ण कर्जाको लागि मेगा बैंकले गर्यो ३ संस्थासँग सम्झौता


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सहुलियतपूर्ण कर्जाको लागि मेगा बैंकले गर्यो ३ संस्थासँग सम्झौता

मेगा बैंक नेपाल लिमिटेड, मेगा क्यापिटल मार्केट्स लिमिटेड, ज्वालामुखी गाँउपालिका र धादिङ्ग उद्योग वाणिज्य संघबीच साना तथा मझौला उद्योगहरुलाई सहुलियतपूर्ण कर्जा तथा आवश्यक परामर्श सेवा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ  । उक्त चौपक्षीय सम्झौता पत्रमा हिजो (सोमबार) हस्ताक्षर भएको हो ।


जसमा मेगा क्यापिटल मार्केट्स लिमिटेडले धादिङ्ग उद्योग वाणिज्य संघ सँगको सहकार्य तथा सिफारिसमा उद्यमी व्यवसायीहरुको व्यवसाय तथा कम्पनी दर्ताको निमित्त आवश्यक कागजात तयार गरिदिने र दर्ताको लागि गर्नुपर्ने सम्पूर्ण कार्य गर्ने, आवश्यकता अनुसार वित्तीय सल्लाह, वित्तीय प्रक्षेपण लगायतका बैंकमा कर्जाको लागि आवश्यक कागजातहरु तयार गरिदिने तथा आवश्यकता अनुसार सम्बन्धित उद्यमी व्यवसायको प्रतिनिधित्व गरी कर्जा स्वीकृतिको प्रक्रियामा सहयोग गर्नेछ ।

Read More
  • MBL - below news