बेलकोटगढीमा सनराइजको शाखारहित बैंकिङ्ग सेवा


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
बेलकोटगढीमा सनराइजको शाखारहित बैंकिङ्ग सेवा

सनराइज बैंक Sunrise Bank Limited  ले नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका–५, माझगाउँ, नुवाकोटमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । बैंकले यस शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिका रुपमा महेश्वर भुर्तेललार्ई नियुक्त गरेको छ । यस संगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ५८ पुगेको छ । 

बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको स्थानबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत ए.टि.एम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । बैंकका अनुसार यस सेवाबाट ग्राहकहरुले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुच पु¥याउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।

Read More
  • MBL - below news