प्राइम कमर्शियल बैंकको शेयरमूल्य समायोजन


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
प्राइम कमर्शियल बैंकको शेयरमूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले पुस २० गते, सोमबार प्राइम कमर्शियल बैंक को शेयरमूल्य समायोजन गरेको छ। बैंकले साधारण सभा प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले बैंकको शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले बैंकको १५ प्रतिशत बोनस समायोजन पश्चात प्रतिकित्ता शेयरमूल्य ४०७ रुपैयाँ तोकेको छ। बैंकको हिजो अर्थात आइतबारको अन्तिम शेयरमूल्यका आधारमा मूल्य समायोजन भएको हो। हिजो बैंकको शेयर प्रतिकित्ता ४६८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

बैंकले गत आर्थिक वर्षको कमाइबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेर पुस २९ गते विहान १० बजे केन्द्रिय कार्यालयमा तेह्रौ वार्षिक साधारण सभा बोलाएको छ।

Read More
  • MBL - below news