ज्योति विकास बैंकले बोनस प्रस्तावसहित बोलायो एजीएम


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
ज्योति विकास बैंकले बोनस प्रस्तावसहित बोलायो एजीएम

काठमाडौं : ज्योति विकास बैंकले माघ १४ गते वार्षिक साधारण सभा गर्ने भएको छ । बैंकले गत वर्षको नाफाबाट १०% बोनस सेयर दिने मुख्य प्रस्ताव सभामा पेश गर्नेछ । यस्तै, बोनस सेयरपछि पुँजी संरचना परिवर्तन हुने भएकाले सोही अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव छ ।

यता, हाल कायम ५४.३५% संस्थापक हिस्सालाई घटाएर ५१% कायम रहने गरी बाँकी सेयरलाई सर्वसाधारणमा परिवर्तन गर्ने एजेन्डा पनि रहेको छ । साथै, ज्योतिले अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव सभामा लैजानेछ । 

Read More
  • MBL