हकप्रद सेयरको बाढी के अब रोकिएकै हो त ? हेर्नुहोस् कुन–कुनको आउँदैछ


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
हकप्रद सेयरको बाढी के अब रोकिएकै हो त ? हेर्नुहोस् कुन–कुनको आउँदैछ
काठमाडौं : केन्द्रीय बैंकले हकप्रद सेयरमा कडाई गरेपछि धितोपत्र बोर्डमा आवेदन दिने कम्पनीहरु पनि ह्वात्तै घटेका छन् । विगत वर्षहरुमा हकप्रद जारी गर्नका लागि आवेदन दिने कम्पनीहरु बोर्डको सूचीमा चाङ लाग्ने गरेका थिए । तर अहिले हकप्रदका लागि आवेदन दिने संस्थाहरु आधा दर्जनभन्दा पनि कम रहेका छन् । बैंक तथा वित्तीय संस्थाहरुले चुक्ता पुँजी बढाउनका लागि अस्त्रको रुपमा प्रयोग गर्न थालेसँगै पछिल्लो समय हकप्रद सेयरमा केन्द्रीय बैंकले अंकुश लगाएको हो ।

वित्तीय संस्थाहरुलाई मर्जर–एक्विजिसनमा प्रोत्साहन गर्न हकप्रद सेयरमा कडाई गरिएको केन्द्रीय बैंकको भनाई छ । अहिले समस्याग्रस्त सूचीबाट हटेर नियम अनुसार पुँजी बढाउनका लागि एकमात्र नारायणी डेभलपमेन्ट बैंकले हकप्रदको आवेदन दिएको अवस्था छ । यसबाहेक बोर्डमा हकप्रदका लागि आवेदन दिने बैंक तथा वित्तीय क्षेत्रका कुनै पनि कम्पनी रहेका छैनन् । यस्तै, अन्य क्षेत्रका कम्पनीहरु पनि विगतका तुलनामा निकै कम मात्र हकप्रद ल्याउने तयारीमा रहेको तथ्यांकले देखाएको छ । 
Read More
  • MBL - below news