बजार पूँजीकरणमा कीर्तिमान, लगानीकर्ताको सम्पत्ति एकैदिन रु.१.१९ खर्बले बढ्यो


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
बजार पूँजीकरणमा कीर्तिमान, लगानीकर्ताको सम्पत्ति एकैदिन रु.१.१९ खर्बले बढ्यो

काठमाण्डौ । सेयर बजार परिसूचकमा उछाल आई नेप्से परिसूचकले नयाँ इतिहास लेखेको दिन कुल बजार पूँजीकरण पनि बढेको छ । 

नेप्सेको बजार पूँजीकरणले पनि आइतबार नयाँ इतिहास रचेको हो । 

यो दिन कुल बजार पूँजीकरण बढेर २९ खर्ब २७ अर्ब २७ करोड माथिको उचाईमा पुगेको हो । 

अघिल्लो कारोबार दिनको तुलनामा बजार पूँजीकरण १ खर्ब १९ अर्बले बढेको हो । यसको अर्थ आइतबार एकैदिन लगानीकर्ताको सम्पत्ति १ खर्ब १९ अर्बले बढेको छ । 

बिहीबार नेप्सेको बुल बजार पूँजीकरण २८ खर्ब ८ अर्बमा सीमित थियो । आइबार भने २९ खर्ब २७ अर्बको ऐतिहासिक उचाईमा पुगेको हो ।

Read More
  • MBL - below news