ग्लोबल आइएमई बैंक १४ वर्षमा प्रवेश, प्राथमिक पुँजी २७ अर्ब पुग्यो


  • KBL News Ad
  • ADBL
  • City Express
ग्लोबल आइएमई बैंक १४ वर्षमा प्रवेश, प्राथमिक पुँजी २७ अर्ब पुग्यो

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड शनिबारदेखि आफ्नो स्थापनाको १४औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको छोटो अवधिमा नै बैंक पुँजी, व्यवसाय, शाखा÷सञ्जाल समेतका हिसाबले नेपालकै ठूलो तथा मजबुत बैंक बनेको छ । 

बैंकको हाल चुक्ता पुँजी करिब १९ अर्ब रुपैयाँ (प्रस्तावित १४% बोनस पश्चात करिब २१ अर्ब भन्दा बढी) र संचित कोष गरी प्राथमिक पुँजी २७ अर्ब २४ करोड रुपैयाँ, कुल निक्षेप २ खर्ब ४९ अर्ब रुपैयाँ र कुल कर्जा २ खर्ब ११ अर्ब भन्दा बढी पुग्नेछ । 

त्यस्तै, सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बैंकल ७ वटै प्रदेश तथा ७३ जिल्लामा बैंकको २६४ शाखा, २४० एटीएम, २४३ शाखा रहित बैंकिङ्ग सेवा, २४ एक्सटेन्सन काउण्टर, १ सीएसडी क्लियरिङ्ग काउण्टरसहित, २३ राजश्व कलेक्सन काउण्टर, तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ७९७ सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायतका मुलुकबाट रेमिट्यान्स भि¥याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।...

Read More
  • EBL Ad news