नेपाली धितोपत्र बजारको सबैभन्दा ठूलो आईपीओ निष्काशन गर्न लागेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले माघको पहिलो सातादेखि सर्वसाधारणका लागि शेयर बिक्री खुला गर्ने भएको छ।
आईपीओ निष्काशनको प्रक्रिया अन्तिम चरणमा पुगेको बताउँदै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेले माघको पहिलो साता भित्र आईपीओ बिक्री खुला गर्ने तयारी भइरहेको बताएका हुन्। उनले म्युचुअल फण्डलाई कति कित्ता दिने? भन्ने निर्णय भई धितोपत्र बोर्डमा जानकारी गराइसकेको बताए। सो निर्णय बोर्डबाट स्वीकृत भएपश्चात पुस २१ वा २२ गते भित्र आह्वान पत्र प्रकाशित गर्ने तयारीमा रहेको मेरोलगानीलाई बताए।






