काठमाण्डौ । केही दिनअघि मुकेश अम्बानी एसियाकै सबैभन्दा धनाढ्य व्यक्तिको सूचीमा दोस्रो नम्बरमा झरे। एसियाकै धनाढ्य व्यक्तिको ताज खोसिएको केही दिनमै पुनः अम्बानीलाई दोस्रो ठूलो झट्का लागेको छ।
गत शुक्रबार सेयर बजार नियामक सेक्युरिटिज बोर्ड अफ इन्डिया (सेबी) ले सेयर कारोबारमा क्रममा गडबडीको मामिलामा रिलायन्स इन्डिस्ट्रिज लिमिटेड (आरआईएल) र मुकेश अम्बानीलाई भारी जरिवाना तिर्न आदेश दिएको हो। उनका अलावा अन्य दुई कम्पनीमाथि पनि सेबीले जरिवाना तोकेको छ।
सेबीले मुकेश अम्बानीलाई भारु १५ करोड र उनको कम्पनी रिलायन्सलाई भारु २५ करोड जरिवाना तिर्न भनेको छ। अर्थात अम्बानीले कुल भारु ४० करोड रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ।







