साताको पहिलो कारोबार दिन आइतबार, नेप्से सूचकले 'इन्ट्रा डे अलटाइम हाइ' रेकर्ड ताेडेकाे छ।
बजार खुलेको २२ मिनेटमा नै नेप्से सूचक ४१.६४ अंकले बढेर यस अघिकाे 'इन्ट्रा डे अलटाइम हाइ' रेकर्ड ताेडेकाे हो। यस अवधिमा नेप्से सूचक २१२८.९१ विन्दुमा पुगेको छ।
यसअघि नेप्सेले इन्ट्रा डे कारोबारमा २१२८.८५ विन्दुको रेकर्ड कायम गरेको थियो। आइतबार उक्त रेकर्डलाई ताेडिएकाे हो।
यस अवधिमा १५१ वटा कम्पनीको ६ लाख ७० हजार कित्ता शेयर ४१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।







