ग्लोबल आइएमई बैंक स्थापनाको १४औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको छोटो अवधिमा नै बैंक पुँजी, व्यवसाय, शाखा÷सञ्जाल समेतका हिसाबले नेपालकै ठूलो तथा मजबुत बैंक बनेको छ ।
हाल चुक्ता पुँजी करिब १९ अर्ब रुपैयाँ (प्रस्तावित १४ प्रतिशत बोनस प्रश्चात करिब २१ अर्ब भन्दा बढी) र संचित कोष गरी प्राथमिक पुँजी २७ अर्ब २४ करोड रुपैयाँ, कुल निक्षेप २ खर्ब ४९ अर्ब रुपैयाँ र कुल कर्जा २ खर्ब ११ अर्ब रुपैयाँ भन्दा बढी पुग्ने बैंकले जनाएको छ ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले बैंकल ७ वटै प्रदेश तथा ७३ जिल्लामा बैंकको २६४ शाखा, २४० एटीएम, २४३ शाखा रहित बैंकिङ्ग सेवा, २४ एक्सटेन्सन काउण्टर, एक सिडीएस क्लियरिङ काउण्टरसहित, २३ राजस्व कलेक्सन काउण्टर, तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ७९७ सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको छ ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायतका मुलुकबाट रेमिट्यान्स भि¥याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ ।