४ कम्पनीको संस्थापक शेयर लिलाम बिक्री गर्दै एनआईसी एशिया बैंक


  • KBL News Ad
  • ADBL
  • City Express
४ कम्पनीको संस्थापक शेयर लिलाम बिक्री गर्दै एनआईसी एशिया बैंक

एनआईसी एशिया बैंक लिमिटेडले विभिन्न ४ कम्पनीहरुको संस्थापक शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ।

बैंकले नागरिक लगानी कोषको २ लाख २ हजार ५६० कित्ता, नेशनल लाइफ इन्स्योरेन्सको १ लाख ३ हजार ९७६ कित्ता, एशियन लाइफ इन्स्योरेन्सको १ लाख ३० हजार २९० कित्ता र सूर्या लाइफ इन्स्योरेन्सको १ लाख ९० हजार ३७४ कित्ता संस्थापक शेयर लिलाम बिक्री गर्न लागेको हो।

सो शेयर खरिदका लागि योग्य लगानीकर्ताहरुले पुस १९ गतेदेखि २४ गतेसम्ममा शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्।

Read More
  • EBL Ad news