काठमाडौं । एनआईसी एशिया बैंक, फष्ट-पे टेक्नोलोजी र स्वीफ्टपास कम्पनीबीच सम्झौता भएको छ । बैंकले वीच्याट-पे मोबाइल वालेटबाट आफ्नो मर्चेन्टमा भुक्तानी गर्न मिल्ने सेवाको थालनी गर्नको लागि त्रीपक्षीय सम्झौता गरेको हो ।
एनआईसी एशिया बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने, फष्ट पेका तर्फबाट निर्देशक विप्लव जोशी र स्वीफ्टपासको तर्फबाट भाइस प्रेसिडेन्ट म्याजिक टाङले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।