काठमाडौं । सनराइज बैंकले चालु आर्थिक वर्षको तीन महिनामा बैंकले ३८ करोड २९ लाख रुपैयाँ मात्रै खुद नाफा कमायो । यो गत वर्षको तुलनामा १५.७१ प्रतिशतले कम हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ४५ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
पहिलो त्रैमाससम्ममा बैंकको वितरणयोग्य नाफा २४ करोड ९६ लाख रुपैयाँले ऋणात्मक रहेको छ । तर, बैंकका प्रमुख कार्यकारी अधिकृतको तलब भने बढाएका छन् । केहि महिना अघि बैंकका सञ्चालक समितिले बैंकलाई सुधारर्ने प्रतिवद्धता पत्रमा हस्ताक्षर गराएर जागीर थमौति पाएका बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले आफ्नो तलब ७ लाख रुपैयाँले बढाएर एक करोड ३५ लाख रुपैयाँ तलब सुविधावापत पुर्याएका छन ।
गत वर्ष रत्नराज बज्राचार्य सिइओ भएको बेलामा एक करोड २७ लाख रुपैयाँ तलबभत्ता बुझेका थिए । जुन बेला बैंकको नाफा गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ४५ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।








