नेपाल इन्भेस्टमेन्ट र हिमालयन बैंकबीच अघि बढ्यो मर्जर


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल इन्भेस्टमेन्ट र हिमालयन बैंकबीच अघि बढ्यो मर्जर

काठमाडौं : मुलुकका दुई पुराना बैंकबीचको मर्जर प्रक्रिया अघि बढेको छ। नेपाल इन्भेस्टमेन्ट र हिमालयन बैंकबीच आपसमा गाभिने प्रक्रिया औपचारिक रूपमै अघि बढाइएको दुवै बैंक सम्बद्ध अधिकारीले जानकारी दिएका छन्। गत वर्षदेखि नै मर्जरको छलफलमा रहेका यी दुई बैंकबीच असार अघि नै एकीकृत कारोबार सुरु गर्ने भनिए पनि बीचमा मर्जर भाँडिएको थियो। 

तर अब दुवै बैंकको सम्पत्ति र दायित्व मूल्यांकन (डीडीए) प्रक्रिया अघि बढिसकेको छ। नेपाल राष्ट्र बैंकबाट मर्जरका लागि सैद्धान्तिक सहमति लिनुअघि नै डीडीए सकेर केकस्तो हैसियतमा गाभिने भन्ने स्पष्ट हुन खोजेको बैंकका अधिकारीले बताएका छन्। यसो गर्दा सैद्धान्तिक सहमति पाएर पनि मर्जर भाँडिने जोखिमलाई घटाउन खोजिएको उनीहरू बताउँछन्।

Read More
  • MBL - below news
  • EBL Ad news