पुस ११, काठमाडौं । एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्तबिच मर्जर सम्बन्धी अन्तिम सम्झौतामा हस्ताक्षर भएको छ ।
गत साउन ३२ गते गाभ्ने/गाभिने मर्जर सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर र कार्तिक १९ गते नेपाल राष्ट्र बैंकबाट सैद्धान्तीक सहमति प्राप्त भएका दुई कम्पनीबिच शुक्रवार मर्जर सम्बन्धी अन्तिम समझौता भएको हो ।
कर्णाली प्रदेश स्थित जाजरकोटमा रजिष्टर्ड कार्यालय भई काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको एनआईसी एशिया लघुवित्त वित्तीय संस्था र प्रदेश १ स्थित सुनसरी जिल्लाको इटहरीमा रजिष्टर्ड कार्यालय रहेको स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडकाबिच मर्जर सम्बन्धी अन्तिम समझौतापत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।
उक्त सम्झौतामा एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको तर्फबाट संस्थाका अध्यक्ष कपिल ढकाल र स्वदेशी लघुवित्त वित्तीय संस्थाको तर्फबाट संस्थाका अध्यक्ष लालमणी जोेशीले हस्ताक्षर गरेका हुन् ।