बीमा समितिका अध्यक्ष चापागाईंले ४ बर्षमा चाहेर पनि गर्न नसकेका ४ महत्त्वपूर्ण काम


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
बीमा समितिका अध्यक्ष चापागाईंले ४ बर्षमा चाहेर पनि गर्न नसकेका ४ महत्त्वपूर्ण काम

बीमा समितिका अध्यक्ष चिरिन्जीवी चापागाईले आफ्नो चार बर्षे कार्यकालमा चाहेर पनि गर्न नसकेका महत्त्वपूर्ण कामहरुको बारेमा बोलेका छन्। आफ्नो कार्यकाल सन्तोषजनक रहेको भएपनि केहि काम गर्न बाँकी नै रहेको भन्दै उनले गर्न बाँकी कामबारे जानकारी गराएका हुन्। 

अध्यक्ष चापागाईको अनुसार बीमा समितिको नेतृत्त्व सम्हाल्दा बीमाको दायरा ७ प्रतिशत रहेकोमा अहिले यो बढेर २७ प्रतिशत पुगेको छ। बैदेशिक रोजगारी सम्बन्धमा गरिएका पुराना बीमा परिपक्व भएको र कोभिड १९ का कारण नयाँ हुन् नसकेकाले बीमाको दायरा २५ प्रतिशतमा झरेपनि यो बढ्ने उनको भनाई छ।

बैंकिङ क्षेत्रमा राष्ट्र बैंक ऐन, बाफिया, वित्तीय अपराध को कानुन भएपनि बीमा क्षेत्रमा बीमा ऐन मात्रै भएकाले कानुनी रुपमा बलियो बनाउनलाई नयाँ ऐन ल्याउनलाई मस्यौदा तयार भएको उनले बताए। अर्थमन्त्रालयमा  एक पटक मस्यौदामा छलफल भईसकेको सुनाउदै संसोधित मस्यौदा  अहिलेकै अवस्थामा आउदा तीनवटै ऐनको बिषय सम्बोधन हुने उनको अपेक्षा छ। 

Read More
  • MBL - below news