स्ट्याण्डर्ड चार्टर्ड बैंकको मूल्य समायोजन


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
स्ट्याण्डर्ड चार्टर्ड बैंकको मूल्य समायोजन

पुस ९, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीवार स्ट्याण्डर्ड चार्टर्ड बैंकको बोनस शेयरको मूल्य समायोजन गरेको छ ।

नेप्सेले ७ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. ६१२ तोकेको छ ।

कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात बुधवार कायम अन्तिम शेयरमूल्य रू. ६५५ को आधारमा शेयरमूल्य समायोजन भएको हो ।

कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ बिहीवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । 

कम्पनीले ७ प्रतिशत बोनस शेयर र ४ दशमलव ८४ प्रतिशत नगद लाभांश (कर समेत) पारित गर्न पुस २४ गते ३४औं वार्षिक साधारण सभा बोलाएको छ ।

Read More
  • MBL